डेबिट वालेसको सफलता | Khabarhub Khabarhub

डेबिट वालेसको सफलता


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेबिट वालेस लोकप्रिय पत्रिका रिडर्स डाइजेस्टका संस्थापक हुन् । उनको यो पत्रिका १७० भन्दा बढी देशहरूमा करोडौँ प्रति बिक्री हुन्छ ।

रिडर्स डाइजेस्टको सफलताको पछाडि वालेसको संघर्षको कहानी लुकेको छ । सन् १९१८ मा सेनाको अस्पतालमा भर्ना भएको बेला नले धेरै पत्रिका पढेका थिए । उनले पढेका लेख उनलाई आवश्यकताभन्दा बढी नै लामो भएको महसुस भयो । उनले यी लेखहरुलाई छोटो छोटो बनाएर सारहरु मात्रै प्रकाशित गर्ने विचार गरे । जसले गर्दा पढ्ने पाठकलाई कम समय लागोस् ।

अस्पतालबाट निस्किएपछि वालेसले संक्षिप्त लेखहरुको संकलन तयार गरे । उनले कयौँ प्रकाशकहरुकहाँ गएर आफ्नो योजना बताए ।

अनुभवी प्रकाशकहरुले ठाडो जवाफ दिए कि यस्तो पत्रिका सफल हुनै सक्तैन । तर वालेसलाई आफू र आफ्नो विचारमा पूर्ण भरोसा थियो । त्यसैले उनले हार नमानी आफैले यस्तो पत्रिका निकाल्ने फैसला गरे । उनले सम्भावित पाठकलाई सिधै चिठी लेखेर आफ्नो योजना बताए ।

ग्राहकबाट सदस्यता शुल्कको रूपमा ५००० डलर उठ्यो । तर पत्रिका प्रकाशित गर्नको लागि ६३०० डलरको आवश्यकता थियो । त्यसैले उनले १३०० डलर सापटी लिएर फेब्रुअरी १९२२ मा रिडर्स डाइजेस्टको पहिलो अंक प्रकाशित गरे ।

वालेस दम्पतीले आफ्नो पत्रिका सफल बनाउन धेरै संघर्ष गर्नुपर्‍यो । लीला एउटा कम्पनीमा काम गर्न थालिन् । त्यसकै आम्दानीले उनीहरु घर खर्च चलाउँथे । अफिस समयपछि उनी रातमा पत्रिकाको सम्पादकीय सम्बन्धी काम गर्थिन् । तर उनीहरुसँग पत्रिका किन्ने पैसा थिएन ।

त्यसैले वालेस दिनभर पुस्तकालयमा बसेर लेखहरु सार्थे । केही वर्षको मेहनतपछि नै रिडर्स डाइजेस्ट सफल पत्रिकाको रूपमा स्थापित भयो। वालेसले आखिरमा तथाकथित विशेषज्ञहरुलाई गलन साबित गरेरै छाडे ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ४५ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज