डेबिट वालेसको सफलता « Khabarhub

डेबिट वालेसको सफलता


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेबिट वालेस लोकप्रिय पत्रिका रिडर्स डाइजेस्टका संस्थापक हुन् । उनको यो पत्रिका १७० भन्दा बढी देशहरूमा करोडौँ प्रति बिक्री हुन्छ ।

रिडर्स डाइजेस्टको सफलताको पछाडि वालेसको संघर्षको कहानी लुकेको छ । सन् १९१८ मा सेनाको अस्पतालमा भर्ना भएको बेला नले धेरै पत्रिका पढेका थिए । उनले पढेका लेख उनलाई आवश्यकताभन्दा बढी नै लामो भएको महसुस भयो । उनले यी लेखहरुलाई छोटो छोटो बनाएर सारहरु मात्रै प्रकाशित गर्ने विचार गरे । जसले गर्दा पढ्ने पाठकलाई कम समय लागोस् ।

अस्पतालबाट निस्किएपछि वालेसले संक्षिप्त लेखहरुको संकलन तयार गरे । उनले कयौँ प्रकाशकहरुकहाँ गएर आफ्नो योजना बताए ।

अनुभवी प्रकाशकहरुले ठाडो जवाफ दिए कि यस्तो पत्रिका सफल हुनै सक्तैन । तर वालेसलाई आफू र आफ्नो विचारमा पूर्ण भरोसा थियो । त्यसैले उनले हार नमानी आफैले यस्तो पत्रिका निकाल्ने फैसला गरे । उनले सम्भावित पाठकलाई सिधै चिठी लेखेर आफ्नो योजना बताए ।

ग्राहकबाट सदस्यता शुल्कको रूपमा ५००० डलर उठ्यो । तर पत्रिका प्रकाशित गर्नको लागि ६३०० डलरको आवश्यकता थियो । त्यसैले उनले १३०० डलर सापटी लिएर फेब्रुअरी १९२२ मा रिडर्स डाइजेस्टको पहिलो अंक प्रकाशित गरे ।

वालेस दम्पतीले आफ्नो पत्रिका सफल बनाउन धेरै संघर्ष गर्नुपर्‍यो । लीला एउटा कम्पनीमा काम गर्न थालिन् । त्यसकै आम्दानीले उनीहरु घर खर्च चलाउँथे । अफिस समयपछि उनी रातमा पत्रिकाको सम्पादकीय सम्बन्धी काम गर्थिन् । तर उनीहरुसँग पत्रिका किन्ने पैसा थिएन ।

त्यसैले वालेस दिनभर पुस्तकालयमा बसेर लेखहरु सार्थे । केही वर्षको मेहनतपछि नै रिडर्स डाइजेस्ट सफल पत्रिकाको रूपमा स्थापित भयो। वालेसले आखिरमा तथाकथित विशेषज्ञहरुलाई गलन साबित गरेरै छाडे ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ४५ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध