२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने « Khabarhub

२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ ।

स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रतियोगिता गत वर्ष कोरोनाका कारण स्थगित गरिए पनि यस वर्ष निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।’

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार पाउनेछन्। त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०-५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५-१५ हजार प्रदान गरिने भएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ५० बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले