विक्की र कटरीनाको विवाह तयारीले तनावमा जयपुर « Khabarhub

विक्की र कटरीनाको विवाह तयारीले तनावमा जयपुर


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । जसको लागि तयारी पनि सुरु भइसकेको छ । यो जोडी लामो समयदेखि एकापसमा डेट गरिरहेका छन् र उनीहरुले जिन्दगीभर सँगै रहने निर्णय लिएका हुन् ।

उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन् । कटरीना चिसो मौसममा विवाह गर्न चाहेकाले उनीहरुले डिसेम्बर महिना रोजेका हुन् । विक्की र कटरीनाको विवाह हुन लागेको खबरले उनीहरुको फ्यान जति खुशी छन्, त्यो भन्दा ठिक विपरित जयपुरका मानिसहरु तनावमा छन् ।

विक्की र कटरीनाको विवाहको कार्यक्रम एक सातासम्म चल्नेछ । जसकारण उनीहरुले जयपुरका सबै गाडी भाडामा लिएका छन् । त्यसकारण जो मानिसहरु राजस्थान जाने तयारी गरिरहेका छन्, उनीहरुले भाडामा गाडी पाउन सकेका छैनन् ।

डिसेम्बरका लागि जो मानिसहरुले होटल बुक गरेका छन् । त्यहाँसम्मको यात्रामा उनीहरुले निकै समस्या भोगिरहनु परेको छ । विक्की र कटरीनाको विवाहका कारण सर्वसाधारण मात्र होइन, बलिउडका कलाकारले पनि सास्ती भोग्नु परेको छ । किनकी फिल्म निर्माताहरु राजस्थानको जयपुरमा डिसेम्बरमा सुटिङ गर्ने योजना बनाइरहेका छन् । तर उनीहरुले गाडी पाउन सकेका छैनन् ।

विक्की र कटरीनाको विवाहको तयारी करिब पुरा भइसकेको छ । उनीहरुले पाहुनाका लागि यात्राको सम्पूर्ण व्यवस्था मिलाएका छन् । पाहुनालाई एयरपोर्टदेखि होटलसम्म कुनै समस्या नहोस् भनेर एक विशेष टिम नै बनाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ४९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर