सरकारले जनताका पक्षमा काम गरिरहेको छ: अर्थमन्त्री शर्मा « Khabarhub

सरकारले जनताका पक्षमा काम गरिरहेको छ: अर्थमन्त्री शर्मा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अर्थमन्त्री जनार्दन शर्माले सरकारले जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तासँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

सरकारले गरिबको पक्षमा, बिरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको पक्षमा, घाइते अपाङ्गता भएकाको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उनले ती कामलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न उनले आग्रह गरे।

यसैबीच पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका छन् ।

उनले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्,’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारको काँधमा छ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरेका हुन्।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १ : ४० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले