एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड « Khabarhub

एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड

२८ कोटामा २०६ जनाको उम्मेदवारी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ ।

त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ ।

२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ । एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।

शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौँ,’ उनले भनिन् ।

आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन् । दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन् । बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ ।

निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन् ।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ३८ बजे

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ