बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर | Khabarhub Khabarhub

बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ ओटा काठेपुल निर्माण गरेका हुन् ।

नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय डम्मर साउँदले जानकारी दिए । विद्यार्थीहरूको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयहरूले काठेपुल निर्माण गरेको उनले बताए ।

उनले भने, ‘कात्तिक पहिलो साता परेको अविरल वर्षाले आरसीसी पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरूलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं ।’

नदीमा आएको बाढीले दुई ठाउँमा भएको आरसीसी पुल बगाएपछि स्थानीयहरूले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीयसमेत रहेका शिक्षक पदम साउँदले बताए । उनले भने, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरूले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भइरहेको छ ।’

गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरूलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका-७ का शंकरदत्त अवस्थीले बताए । उनले भने, ‘यो नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले हामीले तत्कालका लागि काठेपुल निर्माण गरेका हौं ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ४२ बजे

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र

सरकार बनाउने-भत्काउनेतिर माओवादीको ध्यान छैन : प्रचण्ड 

धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने

जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आह्वान 

काठमाडौं– राप्रपा नेपालको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी जेठ १३

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई