कांग्रेस महाधिवेशन : १३४ पदका लागि मतदान आज « Khabarhub

कांग्रेस महाधिवेशन : १३४ पदका लागि मतदान आज


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि बिहान ८ बजेपछि मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन्। दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्। त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् । देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिएको छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्‍याउने रणनीतिमा जुटेका छन् ।

त्यसो हुँदा सबै एक ठाउँ उभिएर देउवामाथि दबाब बनाउन सकिने उनीहरूको बुझाइ छ। गुरुङ प्यानलविना सभापतिमा एक्लै भिडेका छन् । विजयी टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ४९ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।