ए डिभिजन लिगमा आज दुई खेल हुँदै  | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुँदै 


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे सुरु हुनेछ ।

आइतबार भएको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एपीएफले आफ्नो अंकको खाता खोलेको छ । एपीएफले शीर्ष डिभिजनमा खेलेको १५०औँ खेलमा थ्री स्टारलाई कडा चुनौती दिँदै अङ्क जोड्न सफल भएको थियो।

काठमाडौँको दशरथ रंगशालामा आइतबार साँझ भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अङ्क बाँडेका हुन् । खेल बराबरीमा सकिएसँगै पहिलो १ अङ्क जोडेको एपीएफ १३ औँ स्थानमा उक्लिएको छ भने थ्री स्टार ५ औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ५० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस