नेपाली पौडी टोली ३ बजे युएइ प्रस्थान गर्ने « Khabarhub

नेपाली पौडी टोली ३ बजे युएइ प्रस्थान गर्ने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फिना पौडी च्याम्पियनसिपको पन्ध्रौं संस्करणमा भाग लिन नेपाली पौडी टोली आज युएइ जाँदै छ ।

युएइको आबुधाबीमा हुने प्रतियोगितामा भाग लिन नेपालका ५ सदस्यीय पौडी टोली दिउँसो ३ बजे फ्लाई दुबईको जहाजबाट त्यसतर्फ जाने नेपाल पौंडी संघका महासचिव जगतमान श्रेष्ठले खबरहबलाई जानकारी दिए।

श्रेष्ठकाअनुसार नेपाली टोलीले पौडीको राष्ट्रिय किर्तिमान तोड्ने लक्ष्यले प्रतिस्पर्धा गर्नेछ। कुल ४ पौडी खेलाडीमध्ये अमेरिकामा रहेका एलेक्स शाह उतैबाट युएइ पुग्नेछन् ।

मंसिर २९ देखि पौष ६ गतेसम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट २ महिला र २ पुरुष खेलाडीले सहभागिता जनाउँदै छन् । पुरुषतर्फ नासिर हुसैनले २ सय मिटर फ्रिस्टाइलमा र व्यक्तिगत मिड्लेमा तथा एलेक्स शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागीता जनाउने छन्।

महिलातर्फ अनुश्रिया तण्डुकारले ५० र १ सय मिटर फ्रिस्टायलमा तथा उपास्ती महर्जनले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा नयना शाक्य छिन् । टोलीको व्यवस्थापन अनीश महर्जनले गरेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ४१ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व