नेपाली पौडी टोली ३ बजे युएइ प्रस्थान गर्ने « Khabarhub

नेपाली पौडी टोली ३ बजे युएइ प्रस्थान गर्ने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फिना पौडी च्याम्पियनसिपको पन्ध्रौं संस्करणमा भाग लिन नेपाली पौडी टोली आज युएइ जाँदै छ ।

युएइको आबुधाबीमा हुने प्रतियोगितामा भाग लिन नेपालका ५ सदस्यीय पौडी टोली दिउँसो ३ बजे फ्लाई दुबईको जहाजबाट त्यसतर्फ जाने नेपाल पौंडी संघका महासचिव जगतमान श्रेष्ठले खबरहबलाई जानकारी दिए।

श्रेष्ठकाअनुसार नेपाली टोलीले पौडीको राष्ट्रिय किर्तिमान तोड्ने लक्ष्यले प्रतिस्पर्धा गर्नेछ। कुल ४ पौडी खेलाडीमध्ये अमेरिकामा रहेका एलेक्स शाह उतैबाट युएइ पुग्नेछन् ।

मंसिर २९ देखि पौष ६ गतेसम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट २ महिला र २ पुरुष खेलाडीले सहभागिता जनाउँदै छन् । पुरुषतर्फ नासिर हुसैनले २ सय मिटर फ्रिस्टाइलमा र व्यक्तिगत मिड्लेमा तथा एलेक्स शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागीता जनाउने छन्।

महिलातर्फ अनुश्रिया तण्डुकारले ५० र १ सय मिटर फ्रिस्टायलमा तथा उपास्ती महर्जनले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा नयना शाक्य छिन् । टोलीको व्यवस्थापन अनीश महर्जनले गरेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ४१ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड