नेपाल र अमेरिकामा एकसाथ ‘फिच्यो’ « Khabarhub

नेपाल र अमेरिकामा एकसाथ ‘फिच्यो’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विकास घले गुरुङले स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहे पनि फिल्म प्रदर्शनको माहोल नबनिरहेको अवस्थामा विशेष प्रदर्शन गर्न लागिएको बताए ।

उनका अनुसार यो फिल्म नेपाली, अंग्रेजी र गुरुङ भाषामा निर्माण गरिएको छ । गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर आगामी पुस ३ गते काठमाडाैंको रानीदेवी पार्टी प्यालेस र अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो ।

फिल्ममा विश्वास गुरूङ, इन्द्र घले(काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बाछिरिड शेर्पा, सिर्जना गुरुङ, विरुप घलेलगायतको अभिनय रहेको छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलनसहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायांकन गरिएको छ । रेड ओसियन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विकासकै लेखन, प्रकाश गुरुङ(काश)को छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत, गोरे गुरुङको नृत्य र निर्देशक विकासकै सम्पादन छ ।

शान्तिमाया गुरुङ (युएस), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ(इराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्‍याउछ भन्ने देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ०७ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज