विकीसँग इन्गेज्ड भइन् सुशान्तकी पूर्व प्रेमिका अंकिता « Khabarhub

विकीसँग इन्गेज्ड भइन् सुशान्तकी पूर्व प्रेमिका अंकिता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखण्डे उनकी व्यापारी प्रेमी विकी जैनसँग इन्गेज्ड भएकी छन् । उनले गएराती मुम्बईको एक होटलमा निकै भव्य समारोहकाबीच विकीसँग विवाहको पहिलो प्रक्रिया पुरा गरेकी हुन् ।

उनीहरुको इन्गेजमेन्टमा टेलिभिजन जगतका ठूला हस्तीको उल्लेख्य उपस्थिति थियो । इन्गेजमेन्टलाई सम्झनलायक बनाउन अंकिताले स्टेजमा विकीलाई औठी लगाइदिँदा पृष्ठभूमिमा अभिनेता सुशान्तसिंहको फिल्म ‘राब्ता’को शीर्ष गीत बजेको थियो ।

इन्गेजमेन्टमा अंकिता निलो गाउनमा देखिएकी थिइन् भने विकीले अंकितासँग मिल्ने कपडा पहिरिएका थिए । अंकिताले सामाजिक सञ्जालमा फ्यानका लागि आफ्नो संगीत तथा मेहन्दी कार्यक्रमको तस्वीर राखेकी छन् । तस्वीरमा विकीले हुने वाला श्रीमतिलाई दुवै हातले उठाएर नाँचिरहेको देख्न सकिन्छ ।

अंकिता र विकी डिसेम्बर १४ अर्थात मंगलबार मुम्बईको ग्राण्ड हायात होटलमा विवाह गर्दैछन् । उनीहरुको विवाहमा नजिकका साथीहरु र परिवारका सदस्यको उपस्थिति हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : २७ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६