विकीसँग इन्गेज्ड भइन् सुशान्तकी पूर्व प्रेमिका अंकिता « Khabarhub

विकीसँग इन्गेज्ड भइन् सुशान्तकी पूर्व प्रेमिका अंकिता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखण्डे उनकी व्यापारी प्रेमी विकी जैनसँग इन्गेज्ड भएकी छन् । उनले गएराती मुम्बईको एक होटलमा निकै भव्य समारोहकाबीच विकीसँग विवाहको पहिलो प्रक्रिया पुरा गरेकी हुन् ।

उनीहरुको इन्गेजमेन्टमा टेलिभिजन जगतका ठूला हस्तीको उल्लेख्य उपस्थिति थियो । इन्गेजमेन्टलाई सम्झनलायक बनाउन अंकिताले स्टेजमा विकीलाई औठी लगाइदिँदा पृष्ठभूमिमा अभिनेता सुशान्तसिंहको फिल्म ‘राब्ता’को शीर्ष गीत बजेको थियो ।

इन्गेजमेन्टमा अंकिता निलो गाउनमा देखिएकी थिइन् भने विकीले अंकितासँग मिल्ने कपडा पहिरिएका थिए । अंकिताले सामाजिक सञ्जालमा फ्यानका लागि आफ्नो संगीत तथा मेहन्दी कार्यक्रमको तस्वीर राखेकी छन् । तस्वीरमा विकीले हुने वाला श्रीमतिलाई दुवै हातले उठाएर नाँचिरहेको देख्न सकिन्छ ।

अंकिता र विकी डिसेम्बर १४ अर्थात मंगलबार मुम्बईको ग्राण्ड हायात होटलमा विवाह गर्दैछन् । उनीहरुको विवाहमा नजिकका साथीहरु र परिवारका सदस्यको उपस्थिति हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : २७ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्