पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : विवेकशील साझा « Khabarhub

पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : विवेकशील साझा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

प्रचण्डले शनिबार आफ्नो पार्टीको प्रदेश अधिवेशन उद्घाटन गर्दै पुँजीबजार साम्राज्यवादको विकसित रुप भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि लगातार ओरालो लागिरहेको पुँजीबजार सोमबार झन ओरालो लागेको छ ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रेस विज्ञप्ति : पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ुधितोपत्र बोर्डस् साम्राज्यवादको विकसित रूपु भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ।

पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो।

पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ।

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष र स्टक एक्सचेञ्ज ९नेप्से० को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
२७ मङ्सिर, २०७८

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०२ बजे

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिसँग

तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको

स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले विश्वकप फाइनल खेलाउने 

काठमाडौं– फिफाले २०२६ फिफा विश्वकपको फाइनल खेलका लागि स्लोभेनियाका अनुभवी