नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छ : अष्टलक्ष्मी « Khabarhub

नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छ : अष्टलक्ष्मी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काधमा रहेको बताएकी छन्।

अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागिता बिषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमालेबाहेकले बनाउन नसक्ने समेत बताइन्।

उनले मुलुक बनाउने एमालेको अभिभारलाई पूरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राखिन्। अहिले देखिएको बेथिति बिकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नुपर्ने उनको भनाइ छ । उनले पार्टीलाई एकतावद्ध र बिचारसहित बिधियुक्त बनाउँदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उग्रताका कुरा गर्ने अन्त्यमा दक्षिणपन्थी अवसरबादको सिकार हुन्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालमा देखिएको बताए । उनले कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपालले भूमिका खेलेको आरोप पनि लगाए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ३७ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर