नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छ : अष्टलक्ष्मी « Khabarhub

नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छ : अष्टलक्ष्मी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काधमा रहेको बताएकी छन्।

अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागिता बिषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमालेबाहेकले बनाउन नसक्ने समेत बताइन्।

उनले मुलुक बनाउने एमालेको अभिभारलाई पूरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राखिन्। अहिले देखिएको बेथिति बिकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नुपर्ने उनको भनाइ छ । उनले पार्टीलाई एकतावद्ध र बिचारसहित बिधियुक्त बनाउँदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उग्रताका कुरा गर्ने अन्त्यमा दक्षिणपन्थी अवसरबादको सिकार हुन्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालमा देखिएको बताए । उनले कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपालले भूमिका खेलेको आरोप पनि लगाए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ३७ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को