भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ? « Khabarhub

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको दशौं अधिवेशन मंगलबार सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको छ ।

संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस गरिने कार्यसूची बनाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले ‘पाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने घोषणा गरिसकेको छ भने सत्तारुढ पार्टी नेपाली कांग्रेस महाधिवेशनमा छ । मंगलबारसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने सम्भावना छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ३१ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ