भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ? | Khabarhub Khabarhub

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको दशौं अधिवेशन मंगलबार सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको छ ।

संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस गरिने कार्यसूची बनाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले ‘पाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने घोषणा गरिसकेको छ भने सत्तारुढ पार्टी नेपाली कांग्रेस महाधिवेशनमा छ । मंगलबारसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने सम्भावना छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ३१ बजे

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा