९ बजेसम्म ४ हजार मत खस्यो, मतदानको समय साढे १० बजेसम्म « Khabarhub

९ बजेसम्म ४ हजार मत खस्यो, मतदानको समय साढे १० बजेसम्म


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डप र राष्ट्रिय सभामा गरी तीन स्थानमा मतदान भइरहेको छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदानमा राति ९ बजेसम्म ४ हजार मत खसेको छ ।

अझै ७ सयभन्दा धेरै मतदाता बाँकी छ । निर्वाचन समितिले यसअघि मतदानको समय ९ बजेसम्म तोकेकोमा मतदान नसकिएपछि समय बढाएको छ । समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ ।

मतदान सकिएपछि सभापतिको मतगणना सुरु हुनेछ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । कुल १३२ सिटका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार छन् । दुई जना निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : २५ बजे

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी

लिखतसम्बन्धी कसुर: वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्