दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु « Khabarhub

दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो ।

सोही ठाउँबाट विद्यार्थी लिएर अगेरातर्फ आउँदै गरेको ना३ख ९९९३ नंको बसले सोमबार बिहान सवा १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको टाउकामा गम्भीर चोट लागेको थियो । ठक्कर दिने बस बबई स्टार लिटिङ बोर्डिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : २० बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको