भगवान विष्णु र बृहस्पतीको यसकारण बिहीबार लिइन्छ व्रत « Khabarhub

भगवान विष्णु र बृहस्पतीको यसकारण बिहीबार लिइन्छ व्रत


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : २५ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो