भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ? « Khabarhub

भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ?


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आस्थिक मानिसहरूका मनमा अनेकौँ जिज्ञासा हुन्छन् । भक्त र भगवानका बारेका रहस्य अध्ययन साध्य नै पनि छैन । आजचाँही हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउँदैछौँ ।

भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ । यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ ।

के छ पौराणिक कथा ?

पौराणिक कथाका अनुसार विश्वको पालनकर्ता भगवान विष्णुलाई हिन्दू धर्मका तीन महान इश्वरीय रुपमध्ये एक मान्ने गरिन्छ ।

तपाईले भगवान विष्णुको फोटो वा मूर्ति हेर्दा पक्कै त्यहाँ सुदर्शन चक्र बोकेको देख्नु भएको होला । उक्त चक्र भगवान शिवले विष्णुलाई जगत कल्याणको लागि दिएका थिए ।

भगवान शिवले विष्णुलाई दिएको सुदर्शन चक्रको फरक कथा छ । एकपटक राक्षसले देवलोकमा अत्याधिक दुःख दिए । जसका कारण सबै देवताहरु डराएर विष्णुको शरणमा गएका थिए ।

त्यसैबेला विष्णुले देवताहरुको रक्षाका लागि कैलासमा गएर महादेवसँग प्रार्थना गरेका थिए । त्यसैबेला राक्षसको नाशका लागि शिवले विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ४० बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको