भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ? | Khabarhub Khabarhub

भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ?


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आस्थिक मानिसहरूका मनमा अनेकौँ जिज्ञासा हुन्छन् । भक्त र भगवानका बारेका रहस्य अध्ययन साध्य नै पनि छैन । आजचाँही हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउँदैछौँ ।

भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ । यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ ।

के छ पौराणिक कथा ?

पौराणिक कथाका अनुसार विश्वको पालनकर्ता भगवान विष्णुलाई हिन्दू धर्मका तीन महान इश्वरीय रुपमध्ये एक मान्ने गरिन्छ ।

तपाईले भगवान विष्णुको फोटो वा मूर्ति हेर्दा पक्कै त्यहाँ सुदर्शन चक्र बोकेको देख्नु भएको होला । उक्त चक्र भगवान शिवले विष्णुलाई जगत कल्याणको लागि दिएका थिए ।

भगवान शिवले विष्णुलाई दिएको सुदर्शन चक्रको फरक कथा छ । एकपटक राक्षसले देवलोकमा अत्याधिक दुःख दिए । जसका कारण सबै देवताहरु डराएर विष्णुको शरणमा गएका थिए ।

त्यसैबेला विष्णुले देवताहरुको रक्षाका लागि कैलासमा गएर महादेवसँग प्रार्थना गरेका थिए । त्यसैबेला राक्षसको नाशका लागि शिवले विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ४० बजे

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)