बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा « Khabarhub

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् ।

सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न सकेनन् ।

टाइब्रेकरअघि २९औँ मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : ३५ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ