बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा « Khabarhub

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् ।

सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न सकेनन् ।

टाइब्रेकरअघि २९औँ मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : ३५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा