सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा | Khabarhub Khabarhub

सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा



झापा– कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको ठहर गर्दै झापाका सवै सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द गरिएका छन् ।

गत वर्षको चैत महीनादेखि सञ्चालनमा ल्याईएका यस्ता आईसोलेसन र क्वारेन्टीन अधिकांश विद्यालयहरुमा रहेका थिए । विद्यालय सञ्चालन गर्नु पर्ने भएकाले पनि त्यस्ता स्थानमा अघिल्लो महीनानै बन्द गरिएको थियो ।

तर अन्य केही सामाजिक संस्थामा आईसोलेसन सञ्चालनमा रहेको भए पनि होम आईसोलेसननै उपयोगमा ल्याउने योजना सहित सवै सार्वजनिक तथा सामुदायीक केन्द्रहरु बन्द गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

महामारी एकहद सम्म नियन्त्रणमा आएको र आईसोलेसन तथा क्वारेन्टीन रहेका भवनहरुमा नियमित कार्यसञ्चालन समेत हुने भएपछि संक्रमितहरुलाई घरैमा स्वास्थ्यलाभ गर्न प्रेरित गरिएको उनले बताए ।

जिल्लाका सुरुङ्गा र भद्रपुरमा रहेका पीसीआर परीक्षण ल्याव सञ्चालनमा रहेको र मेची अस्पतालमा आवश्यक उपचारको पनि व्यवस्था मिलाईएकाले हाल झापामा कोरोनाबाट त्रसित हुनु पर्ने अवस्था नरहेको उनले जनाए ।

सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द भएकै कारण हाल सक्रिय संक्रमितहरु घरैमा स्वास्थ्य लाभको क्रममा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका कोरोना फोकल पर्सन जीवन चौँलागाईका अनुसार २३ पुष सम्ममा १ सय ६७ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

नगरको अस्पताल सञ्चालनमा
आफ्नै कोभिड उपचार केन्द्र (अस्पताल) सञ्चालन गरेको दमक नगरपालिकाले भने क्वारेन्टीन तथा आईसोलेसन केन्द्रहरु बन्द गरिए पनि अस्पतालको सेवा नियमित रहेको जनाएको छ ।

दमक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको दमक–२ को उपचार केन्द्रमा हाल सम्म ४० जनाले उपचार गराएको अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् । ती मध्ये १ जनाको मृत्यु भएको, ३ जना अन्यत्र रेफर गरिएको र ३६ जना संक्रमण मुक्त भएको उनले बताएकी छन् ।

४५५४ संक्रमित, १२६ को मृत्यु
गत बैशाख महीनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको झापामा हाल सम्म ४ हजार ५ सय ५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हाल सम्म झापामा ३५ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये ४ हजार ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाँईले जानकारी दिए ।

संक्रमित मध्ये ४ हजार २ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ०५ बजे

वर्षमानको दाबी : गभर्नर नियुक्तिमा कांग्रेस-एमालेले ठूलो आर्थिक चलखेल गर्दैछन्

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

परराष्ट्रमन्त्रीले भनिन्- तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छ

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२

शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम

काठमाडौं– काठमाडौंको माइतीघर-बानेश्वर ६ लेनको मुख्य सडकखण्डमा शिक्षकहरूले थालेको आन्दोलन

नेप्से समीक्षा : नयाँ वर्षको पहिलो सातामा ६० अङ्कले बढ्यो बजार

काठमाडौं– नयाँ वर्ष लागेसँगै शेयर बजारको रौनक फर्किएको छ ।

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ आयोजना

न्युयोर्क– न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल