सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा « Khabarhub

सामुदायीक आईसोलेसन बन्द, संक्रमित घरैमा



झापा– कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको ठहर गर्दै झापाका सवै सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द गरिएका छन् ।

गत वर्षको चैत महीनादेखि सञ्चालनमा ल्याईएका यस्ता आईसोलेसन र क्वारेन्टीन अधिकांश विद्यालयहरुमा रहेका थिए । विद्यालय सञ्चालन गर्नु पर्ने भएकाले पनि त्यस्ता स्थानमा अघिल्लो महीनानै बन्द गरिएको थियो ।

तर अन्य केही सामाजिक संस्थामा आईसोलेसन सञ्चालनमा रहेको भए पनि होम आईसोलेसननै उपयोगमा ल्याउने योजना सहित सवै सार्वजनिक तथा सामुदायीक केन्द्रहरु बन्द गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

महामारी एकहद सम्म नियन्त्रणमा आएको र आईसोलेसन तथा क्वारेन्टीन रहेका भवनहरुमा नियमित कार्यसञ्चालन समेत हुने भएपछि संक्रमितहरुलाई घरैमा स्वास्थ्यलाभ गर्न प्रेरित गरिएको उनले बताए ।

जिल्लाका सुरुङ्गा र भद्रपुरमा रहेका पीसीआर परीक्षण ल्याव सञ्चालनमा रहेको र मेची अस्पतालमा आवश्यक उपचारको पनि व्यवस्था मिलाईएकाले हाल झापामा कोरोनाबाट त्रसित हुनु पर्ने अवस्था नरहेको उनले जनाए ।

सामुदायीक आईसोलेसन तथा क्वारेन्टीन बन्द भएकै कारण हाल सक्रिय संक्रमितहरु घरैमा स्वास्थ्य लाभको क्रममा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका कोरोना फोकल पर्सन जीवन चौँलागाईका अनुसार २३ पुष सम्ममा १ सय ६७ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

नगरको अस्पताल सञ्चालनमा
आफ्नै कोभिड उपचार केन्द्र (अस्पताल) सञ्चालन गरेको दमक नगरपालिकाले भने क्वारेन्टीन तथा आईसोलेसन केन्द्रहरु बन्द गरिए पनि अस्पतालको सेवा नियमित रहेको जनाएको छ ।

दमक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको दमक–२ को उपचार केन्द्रमा हाल सम्म ४० जनाले उपचार गराएको अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् । ती मध्ये १ जनाको मृत्यु भएको, ३ जना अन्यत्र रेफर गरिएको र ३६ जना संक्रमण मुक्त भएको उनले बताएकी छन् ।

४५५४ संक्रमित, १२६ को मृत्यु
गत बैशाख महीनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको झापामा हाल सम्म ४ हजार ५ सय ५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हाल सम्म झापामा ३५ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये ४ हजार ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाँईले जानकारी दिए ।

संक्रमित मध्ये ४ हजार २ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ०५ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका