एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा छ : देउवा « Khabarhub

एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा छ : देउवा


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गर्नुभएको छ । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने हाम्रो प्रचलन छ ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : १० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान