तीब्र गतिको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टियो « Khabarhub

तीब्र गतिको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टियो


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ ।

तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो ।

रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ ।

सडकमै बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । अहिले बसलाई सडकबाट पन्छाएर सवारी सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : २६ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका