बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो « Khabarhub

बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।

होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे ।

पेनाल्टीअघि बायर्नले खेलको १४औँ मिनेटमा सर्ज जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो ।

३७औँ मिनेटमा फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा होल्सटिनका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

जर्मन कपमा सर्वाधिक २० पटकसम्म उपाधि जितेको बायर्न दोस्रो चरणबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : ०२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा