बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो « Khabarhub

बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।

होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे ।

पेनाल्टीअघि बायर्नले खेलको १४औँ मिनेटमा सर्ज जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो ।

३७औँ मिनेटमा फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा होल्सटिनका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

जर्मन कपमा सर्वाधिक २० पटकसम्म उपाधि जितेको बायर्न दोस्रो चरणबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : ०२ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ