देउवासँग मिलेर ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा दाहाल-नेपाल | Khabarhub Khabarhub

देउवासँग मिलेर ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा दाहाल-नेपाल


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै विभाजित बनेको नेकपाको दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा लागेको छ ।

तर, मोर्चाबन्दी गरेर आन्दोलनमा नजाने  कांग्रेसको अडानपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयास गरेका छन् ।

उक्त भेटमा प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनदेखि चुनावी तालमेलसम्मका विषय छलफलमा आएको स्रोतले जनाएको छ । प्रतिनिधिसभा पुनर्स्थापित भइहालेमा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाइने र त्यसपछिको संयुक्त सरकार बनाउनका लागि दाहाल-नेपालले देउवाको साथ खोजेका छन् ।

प्रतिनिधसभा पुनर्स्थापना भएको अवस्थामा प्रधानमन्त्री को हुने भन्नेमा दाहाल-नेपालले प्रष्ट प्रस्ताव नराखेपछि देउवाले अदालबाट हुने फैसलाकै आधारमा अघि बढ्ने जवाफ दिएको जनाइएको छ ।

देउवाले मध्यावधी चुनावमै जाने परिस्थिति आएको खण्डमा पनि तत्कालै गठबन्धनको विषय पनि नसोचेको जवाफ दिएको निकट स्रोतले जनाएको छ ।

वैशाखमा घोषित चुनाव पनि नहुने अवस्था आएमा पनि संयुक्त आन्दोलनमा भने नजाने जवाफ देउवाले दाहाल-नेपाललाई दिएको निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख रहेको ठहरको कांग्रेसले सरकारविरूद्धकै संयुक्त आन्दोलनमा अनिच्छा जनाउँदै आएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा आफूलाई प्रधानमन्त्री बनाएर जान सहमत भएकाले देउवा ओलीप्रति नरम भएको समेत चर्चा चुलिने गरेका छन् ।

ओलीसँग गोप्य सहमति भएको आशंकामा कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रन दबाब दिँदै आएको छ ।

देउवासँग भएको दाहाल-नेपालको भेटलाई ओली पक्षीय नेताहरूले भने सामान्य र स्वाभाविक मानेका छन् ।

ओली पक्षीय एक नेताले खबरहबसँग भने, ‘मुलुक चुनावी माहोलमा अघि बढेका बेला उहाँहरू गठबन्धनको प्रस्ताव गर्दै जानु त स्वाभाविकै हो, आउने चुनावमा इज्जत जोगाउन पनि त उहाँहरूलाई कसै न कसैको फेरो त समाउनै पर्छ ।’

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : ५९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते