देउवासँग मिलेर ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा दाहाल-नेपाल « Khabarhub

देउवासँग मिलेर ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा दाहाल-नेपाल


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै विभाजित बनेको नेकपाको दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा लागेको छ ।

तर, मोर्चाबन्दी गरेर आन्दोलनमा नजाने  कांग्रेसको अडानपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयास गरेका छन् ।

उक्त भेटमा प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनदेखि चुनावी तालमेलसम्मका विषय छलफलमा आएको स्रोतले जनाएको छ । प्रतिनिधिसभा पुनर्स्थापित भइहालेमा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाइने र त्यसपछिको संयुक्त सरकार बनाउनका लागि दाहाल-नेपालले देउवाको साथ खोजेका छन् ।

प्रतिनिधसभा पुनर्स्थापना भएको अवस्थामा प्रधानमन्त्री को हुने भन्नेमा दाहाल-नेपालले प्रष्ट प्रस्ताव नराखेपछि देउवाले अदालबाट हुने फैसलाकै आधारमा अघि बढ्ने जवाफ दिएको जनाइएको छ ।

देउवाले मध्यावधी चुनावमै जाने परिस्थिति आएको खण्डमा पनि तत्कालै गठबन्धनको विषय पनि नसोचेको जवाफ दिएको निकट स्रोतले जनाएको छ ।

वैशाखमा घोषित चुनाव पनि नहुने अवस्था आएमा पनि संयुक्त आन्दोलनमा भने नजाने जवाफ देउवाले दाहाल-नेपाललाई दिएको निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख रहेको ठहरको कांग्रेसले सरकारविरूद्धकै संयुक्त आन्दोलनमा अनिच्छा जनाउँदै आएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा आफूलाई प्रधानमन्त्री बनाएर जान सहमत भएकाले देउवा ओलीप्रति नरम भएको समेत चर्चा चुलिने गरेका छन् ।

ओलीसँग गोप्य सहमति भएको आशंकामा कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रन दबाब दिँदै आएको छ ।

देउवासँग भएको दाहाल-नेपालको भेटलाई ओली पक्षीय नेताहरूले भने सामान्य र स्वाभाविक मानेका छन् ।

ओली पक्षीय एक नेताले खबरहबसँग भने, ‘मुलुक चुनावी माहोलमा अघि बढेका बेला उहाँहरू गठबन्धनको प्रस्ताव गर्दै जानु त स्वाभाविकै हो, आउने चुनावमा इज्जत जोगाउन पनि त उहाँहरूलाई कसै न कसैको फेरो त समाउनै पर्छ ।’

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : ५९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम