गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने « Khabarhub

गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताए ।

भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिए ।

“भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहले मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने, “परम्परागतशैलीमा बनाइएका भौतिक पूर्वाधारलाई क्रमशः विस्थापित गर्दै लग्नुपर्छ ।”

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोतसाधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै कुनै पनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा आग्रह गरे ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउँदै प्राविधिकले गरेको नक्शापासबिना कुनै पनि संरचना नबनाउन तथा बनाउन नदिनका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ सालपछिको भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुनःनिर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी भएको जानकारी दिए ।

सो अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्पपछिको उद्धारकार्यको नमूना प्रदर्शन (डेमोस्ट्रेसन) गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : ११ बजे

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी