पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन | Khabarhub Khabarhub

पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – पूर्वराज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उनमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनका आफन्त सोहनलाल यादवले मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको जानकारी दिए ।

उनको शव स्थलमार्गबाट नेपालगञ्ज ल्याइँदैछ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उनको घर नरैनापुरमा अन्तिम संस्कार गरिने भएको छ ।

यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : २७ बजे

शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औँ दक्षिण एशियाली शारीरिक सुगठन

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको