कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने | Khabarhub Khabarhub

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भावना र चुनौति बारे छलफल गरेको हो ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा संघका महासचिव डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल सरकारसँगको सहकार्यमा कोभिड १९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गरे ।

छलफलमा बोल्दै संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए ।
तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको उनको भनाइ थियो ।

उनले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने बताए । नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउनसमेत नेपाल सरकारलाई सुझाव दिए ।

उनले नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने उल्लेख गरे । भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने उनले बताए । भारत सरकारलाई नेपाललाई आवश्यक मात्रामा पुरा हुने गरि खोप उपलब्ध गराउन आग्रह गर्न सकिने बताए ।

डा. खनालले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको समेत बताए । छलफलमा संघका कोरियाका डा देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले अघि बढ्न सकिने बताए ।

एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने बताए । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गैरआवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलव्ध गराउँदा उचित हुने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ३ : ४० बजे

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म