२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ४ : १४ बजे

राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् अभिनेत्री

पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन

सियोल– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पूँजी बजार

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप