अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ « Khabarhub

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भन्नुभयो, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : १५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको