छोराले गरे ६० वर्षीया आमाको हत्या « Khabarhub

छोराले गरे ६० वर्षीया आमाको हत्या


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैबीच, सिरहा, औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय ललित नारायण चौधरी समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अरुण कुमार यादव र सोही ठाउँ बस्ने दिनेश यादवलाई ललित नारायण चौधरी समेत ४ जनाले शनिबार साँझ सिमानामा रहेको सुकेको रुखको बिषयमा बिवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : २६ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा