एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित « Khabarhub

एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक पटक कोरोनाभाइरसबाट संक्रमित भएर निको भएकाहरु भ्याक्सिन लगाएका मानिसहरुजत्तिकै सुरक्षित भएको एक अध्ययनमा खुलासा भएको छ ।

बेलायतमा पब्लिक हेल्थ इङल्याण्ड (पीएचइ) ले गरेको अध्ययनमा एक पटक संक्रमित भएर निको भएकाहरु ९० प्रतिशतसम्म सुरक्षित भएको खुलासा भएको छ ।

विशेषज्ञहरुले संक्रमित भएर निको भएका बिरामीहरुमा भएको प्रतिरक्षा क्षमता कम्तीमा भ्याक्सिनले दिने सुरक्षाजत्तिकै भएको बताएको द सनमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।

यो यस प्रकारको सबैभन्दा ठूलो अध्ययन भएको रिपोर्टमा जनाइएको छ । अध्ययनमा २१ हजार नेशनल हेल्थ सर्भिसका स्वास्थ्यकर्मीहरु सहभागी थिए ।

अध्ययनकर्ताहरुले भाइरसबाट संक्रमित भएको ६ महिनापछि पनि उनीहरुमा भाइरसविरुद्ध प्रतिरक्षा क्षमता भएको पाएका छन् । विशेषज्ञहरुले यो उत्साहजनक नतिजाले भाइरसविरुद्ध प्रतिरक्षा क्षमता लामो समयसम्म रहिरहनेतर्फ संकेत गरेको बताएका छन् ।

यो अध्ययनको नतिजाले निको भइसकेका बिरामीहरुलाई अहिलेको लागि भ्याक्सिन लगाइसकेका बिरामीहरुजत्तिकै सुरक्षित मान्न सकिने देखिएको छ । जसले निको भइसकेका बिरामीलाई तत्कालै भ्याक्सिन लगाउन हतारिनु नपर्ने त त्यो समयमा अन्य संक्रमित नभएकाहरुलाई भ्याक्सिन लगाउन सकिने अवसरको सिर्जना गरेको छ । यसो हुँदा हर्ड इम्युनिटीको अवस्था चाँडै आउने सम्भावना उच्च देखिएको छ ।

पीएचइका बरिष्ठ मेडिकल सल्लाहकार तथा अनुसन्धान टिमका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर सुसन हप्किन्सले भने ‘पहिले भएको संक्रमण भ्याक्सिन जत्तिकै राम्रो देखिएको छ । कम्तीमा हामीले अध्ययन गरेको ६ महिनाको अवधिसम्म यो प्रभावकारी छ । अब भ्याक्सिनले पनि मानिसहरुलाई प्रतिरोधी शक्ति दिनेछ जसले भाइरसको प्रसार घटाउँदै जानेछ ।’

वैज्ञानिकहरुले २० हजार ७८७ जनालाई ५ महिनाभन्दा लामो समयसम्म निरन्तर निगरानी गरेका थिए । यीमध्ये ६ हजार ६१४ जना पहिले संक्रमित भइसकेका थिए । अध्ययनमा पहिले संक्रमित भएकाहरुमा सिम्प्टोम्याटिक संक्रमण ९० प्रतिशतसम्म घटेको पाएका छन् । यसबाहेक एसिम्प्टोम्याटिक संक्रमण पनि ८३ प्रतिशतले घटेको पाइयो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : २० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान