मुद्दा मिलाइदिने भन्दै ९० हजार ठगी गरेको आरोपमा पक्राउ « Khabarhub

मुद्दा मिलाइदिने भन्दै ९० हजार ठगी गरेको आरोपमा पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

घलान उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ९ : ५७ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई