अफगानिस्तानमा नेटो सैनिकको उपस्थितिलाई जारी राख्नुपर्छ : जर्मन विदेशमन्त्री मास « Khabarhub

अफगानिस्तानमा नेटो सैनिकको उपस्थितिलाई जारी राख्नुपर्छ : जर्मन विदेशमन्त्री मास


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थितिलाई जारी राख्नु पर्ने जनाएको छ ।

जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ ।

अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनअघि जर्मनीका विदेशमन्त्री हेइको मासले त्यहाँ अझै पनि नेटोको उपस्थिति बढाउन पर्ने जनाएका हुन् ।

अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेकोले सैन्य उपस्थिति कायमै राख्नु पर्ने मासको भनाइ छ ।

अमेरिका र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । तालिवानले हिंसा अन्त्य गर्ने कुनै संकेत नदेखाएपछि राष्ट्रपति जो बाइडेनले गम्भीर दुविधामा रहेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् ।

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिएका छन् । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान हुन थालेको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

जर्मनीको संसदका धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट २० वर्षसम्म सैनिक उपस्थितपछि नयाँ भएपछि रणनीति बनाउन हालसालै आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया