अफगानिस्तानमा नेटो सैनिकको उपस्थितिलाई जारी राख्नुपर्छ : जर्मन विदेशमन्त्री मास « Khabarhub

अफगानिस्तानमा नेटो सैनिकको उपस्थितिलाई जारी राख्नुपर्छ : जर्मन विदेशमन्त्री मास


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थितिलाई जारी राख्नु पर्ने जनाएको छ ।

जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ ।

अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनअघि जर्मनीका विदेशमन्त्री हेइको मासले त्यहाँ अझै पनि नेटोको उपस्थिति बढाउन पर्ने जनाएका हुन् ।

अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेकोले सैन्य उपस्थिति कायमै राख्नु पर्ने मासको भनाइ छ ।

अमेरिका र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । तालिवानले हिंसा अन्त्य गर्ने कुनै संकेत नदेखाएपछि राष्ट्रपति जो बाइडेनले गम्भीर दुविधामा रहेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् ।

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिएका छन् । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान हुन थालेको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

जर्मनीको संसदका धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट २० वर्षसम्म सैनिक उपस्थितपछि नयाँ भएपछि रणनीति बनाउन हालसालै आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : २० बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’