नेकपा दाहाल–नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन (भिडियोसहित) « Khabarhub

नेकपा दाहाल–नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन (भिडियोसहित)

फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै चौथो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो।

जसअन्तर्गत काठमाडौँमा मानव साङ्लो बनाउनेदेखि विभिन्न सिर्जनात्मक विरोधका कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए।

हेरौँ भिडियो

फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ। उसले गत माघ २८ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  २ : ४५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित