कांग्रेस सहमत भए संयुक्त आन्दोलन हुन्छ – चेम्जोङ् « Khabarhub

कांग्रेस सहमत भए संयुक्त आन्दोलन हुन्छ – चेम्जोङ्


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ले संसद विघटनकाविरुद्ध नेपाली कांग्रेस सहमत भए संयुक्त आन्दोलन सुरू गर्ने बताएका छन् ।

ताप्लेजुङ्बाट फर्कने क्रममा झापाको दमकमा आईतबार भएको पत्रकार भेटघाटमा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस पनि यसमा तयार हुने विश्वास व्यक्त गरे ।

हरेक लोकतान्त्रिक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेकाले संसद विघटन पछि लोकतन्त्रमा परेको खतरा प्रति कांग्रेस पनि सजग रहेको हुन सक्ने उनको भनाइ छ ।

लोकतन्त्रमा कोही पनि निर्वाचनबाट भाग्न नहुने तर्क जायज रहे पनि अहिले अलोकतान्त्रिक प्रक्रियाबाट संसद विघटन गरी निर्वाचन घोषणा गरिएकाले यो मान्य नहुने उनको भनाइ थियो ।

म्यानमारमा सेनाले सत्ता कव्जा लिएको घटनासँग नेपालको तुलना गर्दै उनले नेपालमा पनि म्यानमारको जस्तै कु गरिएको तर प्रक्रियामा मात्र गलत भएको उनले दावी गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि