ओलीको गृहनगरमा बुहारीको प्रदर्शन « Khabarhub

ओलीको गृहनगरमा बुहारीको प्रदर्शन


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बैतडी दोगडा केदारकी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको घटनामा संलग्नलाई करबाही माग गर्दै आइतबार दमकमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् ।

दमकका बुहारीहरुले दमकको गणतन्त्र चोकमा भेला भई बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदाशिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेका हुन् ।

मेची महामहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आह्वानमा भेला भएका बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंशा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कारबाही गर्न लगायतका माग राख्दै प्लाकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए ।

परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भइरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी जमूना निरौला अधिकारीले बताइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : २५ बजे

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।