अधिवक्ता न्यौपानेको प्रश्न : प्रधानमन्त्रीलाई राजा र राणा भन्दा माथिको अधिकार संविधानको कुन धारामा छ ?   « Khabarhub

अधिवक्ता न्यौपानेको प्रश्न : प्रधानमन्त्रीलाई राजा र राणा भन्दा माथिको अधिकार संविधानको कुन धारामा छ ?  


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा माथिको अधिकार कहाँ कुन धारामा छ भन्दै प्रश्न गरेका छन् ।

आइतबारको बहसका क्रममा अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीलाई राजा र राणा शासकहरूको भन्दा बढी अधिकार रहेको भन्ने प्रधानमन्त्रीका कानुन व्यवसायीले तर्क गरेपनि संविधानको कुन धाराले त्यस्तो अधिकार दिएको छ भन्ने देखाउन नसकेको बताएका हुन ।

उनले प्रधानमन्त्रीका वकिलहरूले प्रतिरक्षाका क्रममा उठाएका कुराहरूमा संवैधानिक आधार नरहेको बताए

‘विपक्षी कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा पनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ स्पष्ट भन्नुभएन,’ न्यौपानेले भने, ‘उहाँहरूले राज्य सञ्चालन गर्न सीमिति अधिकार दिएको हो, श्री ३ जंगबहादुरभन्दा पनि माथिको अधिकार छ भनेर भन्‍नुभयो र खाली अविशिष्ट अधिकार छ भनेर आउनुभएको छ तर संविधानका धारा देखाउनुभएन ।’

त्यस्तै, प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलहरूले प्रतिनिधिसभा विघटन गर्ने आवश्यकताको सिद्धान्त मानेको तर त्यो संविधानको कुन धारामा छ भनेर देखाउन नसकेको न्यौपानेको भनाइ थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ०९ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि