अधिवक्ता न्यौपानेको प्रश्न : प्रधानमन्त्रीलाई राजा र राणा भन्दा माथिको अधिकार संविधानको कुन धारामा छ ?   « Khabarhub

अधिवक्ता न्यौपानेको प्रश्न : प्रधानमन्त्रीलाई राजा र राणा भन्दा माथिको अधिकार संविधानको कुन धारामा छ ?  


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा माथिको अधिकार कहाँ कुन धारामा छ भन्दै प्रश्न गरेका छन् ।

आइतबारको बहसका क्रममा अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीलाई राजा र राणा शासकहरूको भन्दा बढी अधिकार रहेको भन्ने प्रधानमन्त्रीका कानुन व्यवसायीले तर्क गरेपनि संविधानको कुन धाराले त्यस्तो अधिकार दिएको छ भन्ने देखाउन नसकेको बताएका हुन ।

उनले प्रधानमन्त्रीका वकिलहरूले प्रतिरक्षाका क्रममा उठाएका कुराहरूमा संवैधानिक आधार नरहेको बताए

‘विपक्षी कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा पनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ स्पष्ट भन्नुभएन,’ न्यौपानेले भने, ‘उहाँहरूले राज्य सञ्चालन गर्न सीमिति अधिकार दिएको हो, श्री ३ जंगबहादुरभन्दा पनि माथिको अधिकार छ भनेर भन्‍नुभयो र खाली अविशिष्ट अधिकार छ भनेर आउनुभएको छ तर संविधानका धारा देखाउनुभएन ।’

त्यस्तै, प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलहरूले प्रतिनिधिसभा विघटन गर्ने आवश्यकताको सिद्धान्त मानेको तर त्यो संविधानको कुन धारामा छ भनेर देखाउन नसकेको न्यौपानेको भनाइ थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ०९ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित