सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत | Khabarhub Khabarhub

सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा.नवराज लम्साललाई प्रदान गरिएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंडामा आयोजित कार्यक्रममा डा. लम्साललाई प्रदान गरियो ।

उच्च अदालत पाटन इजलास हेटौंडाका  न्यायाधीश शेषराज शिवाकोटीले  उनलाई पुरस्कृत गर्नुभयो  । धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौँमा रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

रेडियो नेपालका समाचार प्रमुख डा.लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र  धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित  छन् ।

गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु  ५१ हजार बनाइएको हो ।

सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई  दिइएको छ ।

कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ५५ बजे

झिनो अंकले घट्यो नेप्से 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ– पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड

नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री

धनगढी– नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ– लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ