कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गरे ।

यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए ।

हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्दै उनले अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

अब ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उनले बताए ।

व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४० बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार