प्रदेश १ प्रमुखले दिए ग्याल्बो ल्होछारको शुभकामना | Khabarhub Khabarhub

प्रदेश १ प्रमुखले दिए ग्याल्बो ल्होछारको शुभकामना


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’को शुभकामना दिएका छन् ।

आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

आफन्त भेटघाट, सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ । अझै पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको अवस्था छैन ।

यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तव्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराएका छन् ।

सन्देशमा भनिएको छ, “बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्, ‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु ।”

‘ग्याल्बो ल्होछार’ पर्व भव्य र सभ्यरूपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : २५ बजे

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह