साउदीमा कफाला 'सिस्टम'को अन्त्य | Khabarhub Khabarhub

साउदीमा कफाला ‘सिस्टम’को अन्त्य

आजदेखि नै रोजगारदाताको अनुमति बिना श्रमिकले देश छोड्न पाउने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको साउदी अरेबियाले नयाँ युगको आरम्भ गरेको छ।

ऐतिहासिक श्रम सुधारले लाखौं नेपालीसहित आप्रवासी कामदारहरूलाई मार्च १४ अर्थात आज आइतबारदेखि स्वतन्त्रता प्रदान गरेको छ।

साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका विदेशी कामदारहरूले रोजगारीको गतिशीलता सुधार गर्नेछन् । रोजगारी परिवर्तन गर्न र रोजगारदाताहरूको स्वीकृति बिना देश छोड्न पाउने छन् ।

कपाला प्रणालीबाट लाभ लिन करारमा रहेकाले १ वर्ष पुगेपछि र करार नभएका वा म्याद सकिएकाले तत्काल नयाँ रोजगारदाता कम्पनीमा जान सक्ने साउदीको मानव संशाधन तथा समाज विकास मन्त्रालयका वरिष्ठ अधिकारी सत्ताम बिन अमेर अलहर्बीलाइ उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।

यसले आप्रबासी कामदारहरूलाई सरकारी सेवाहरूको लागि सीधा आवेदन दिन अनुमति दिनेछ, उनीहरूको रोजगार सम्झौताहरू डिजिटल रूपमा कागजातसहित प्रतिस्पर्धी र निष्पक्षतालाई बढावा दिनेछ ।

यसका लागि मन्त्रालयले वेभमै सामान्य अवस्थाका आवेदकका लागि Job Mobility Services र विवाद (मुद्दा भएका)का लागि Labor Disputes प्लेटफर्महरू बनाइ प्रयोगमा ल्याउनेछ र निश्चित प्रकृया र सरकारी दस्तुर तिरेर यो सेवा सुविधा लिनसक्नेछन । रोजगार परिवर्तनको शुल्क नयाँ रोजगारदाताले तिर्नुपर्ने छ ।

साथै आइतबारदेखि नै अब साउदी बाहिर बिदामा या घुमफिरमा जान पनि रोजगारदाताको स्वीकृति आवश्यक नपर्ने, मन्त्रालयमै आवेदन दिएर स्वीकृत भएपछि साउदी बाहिर जान सक्ने पनि जनाइएको छ ।

साउदीमा रोजगाररत ७० लाख आप्रबासी कामदारमा मौजुदा कफाला सिस्टम अन्त हुन लागेको यो खबरले खुशी छाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । साउदी सरकारले गरेको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ।

यी शर्तहरू पूरा गरेपछि सजिलै कम्पनी परिवर्तन गर्न सकिन्छ

– कामदारहरूले शुरूको रोजगारदाता कम्पनीमा कम्तिमा १ वर्ष काम गरिसकेपछि रोजगारदाता परिवर्तन गर्न पाउँनेछन,
– कामदारसँग सरकारले प्रमाणिकरण गरिदिएको (Notorized) करार पत्र (Agreement) हुनुपर्नेछ,
– नयाँ रोजगारदाताले मन्त्रालयको Qiwa वेभसाइटमा नयाँ रोजगारका लागि विज्ञापन गरेको हुनुपर्नेछ र सो को सूचना मन्त्रालयले कामदारको हालको रोजगारदातालाइ दिएर रोजगारदाता परिवर्तन सेवा माग्नेछ,
– नयाँ रोजगारदाताले साउदी अरबको प्रचलित कानुन बमोजिम पूर्णतः बैध रही कामदारहरूलाई नियमित तवरमा तलब सुविधा दिएको हुनुपर्नेछ, 

यस्तो अवस्थामा कामदारले रोजगारदाताको अनुमति बिनै नयाँ रोजगारमा जान पाउनेछन :

– हालको रोजगारदाताले ट्रान्सफरका लागि स्वीकृति दिएमा,
– साउदी प्रबेश गरेको ३ महिनासम्म पनि प्रमाणित करारपत्र नदिएमा,
– ३ महिनासम्म लगातार तलब नदिएमा,
– कम्पनी मालिक लामो समयदेखि विदेशमा रहेको, जेलमा परेको, मृत्यु भएको या अन्य कारण अनुपस्थित रहेकोमा,
– कामदारको इकामा म्याद सकिएकोमा,
– रोजगारदाता मानव तस्करीमा सरिक भएको या अन्य गैर कानूनी कार्य गरेको पाइएमा,
– कामदारका उजुरीमा श्रम अदालतले तारेकमा बोलाउँदा लगातार २ पटकसम्म अनुपस्थित रहेकोमा ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ११ : ४० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते