नेफ्टामा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चश्व | Khabarhub Khabarhub

नेफ्टामा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चश्व


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्करणको नेफ्टा अवार्डमा फिल्म ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ ले सर्वाधिक ६/६ विधामा अवार्ड जितेको छ ।

‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘प्रसाद’ बाट विपिन कार्कीले ‘उत्कृष्ट नायक’ र ‘साइँली’ बाट मेनुका प्रधानले ‘उत्कृष्ट नायिका’को अवार्ड पोल्टामा पारे ।

आयोजकले साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई ५१ हजार १ सय ११ रुपैंयाँ राशीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिए । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई सम्मान गरे ।

यस्तो छ विजेताको सूची
मेकअप एन्ड हेयरः शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनरः युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशकः पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोरः एलिस कार्की (डमरुको डन्डिबियो)
ध्वनी मिश्रणः मुकेश शाह (डमरुको डन्डिबियो)
गीतकारः जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीतः जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जरः जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायकः जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिकाः समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)
कथाः छक्का पञ्जा ३
पटकथाः छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवादः सुशिल पौडेल (प्रसाद)
ट्रेलरः साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्सः रोमियो एन्ड मुना
रङ संयोजनः अर्जुन कार्की (हरी)
आदिवासी जनजातिः प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला): सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष): अनुप बराल (डमरुको डन्डिबियो)
अभिनेता–नेगेटिभ रोलः प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडीः केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशकः चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशकः कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री (महिला): सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष): धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशकः संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादकः मित्र गुरुङ (कथा काठमाडौं)
छायांकारः चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्रीः साम्राज्ञी शाह
पपुलर अभिनेताः अनमोल केसी
पपुलर फिल्मः छक्का पञ्जा ३
जुरी अवार्ड फिल्मः हरि
अभिनेताः बिपिन कार्की (प्रसाद)
अभिनेत्रीः मेनुका प्रधान (साइँली)
निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्मः छक्का पञ्जा ३

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ०० बजे

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौं – अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा