नेफ्टामा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चश्व « Khabarhub

नेफ्टामा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’को वर्चश्व


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्करणको नेफ्टा अवार्डमा फिल्म ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ ले सर्वाधिक ६/६ विधामा अवार्ड जितेको छ ।

‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘प्रसाद’ बाट विपिन कार्कीले ‘उत्कृष्ट नायक’ र ‘साइँली’ बाट मेनुका प्रधानले ‘उत्कृष्ट नायिका’को अवार्ड पोल्टामा पारे ।

आयोजकले साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई ५१ हजार १ सय ११ रुपैंयाँ राशीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिए । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई सम्मान गरे ।

यस्तो छ विजेताको सूची
मेकअप एन्ड हेयरः शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनरः युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशकः पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोरः एलिस कार्की (डमरुको डन्डिबियो)
ध्वनी मिश्रणः मुकेश शाह (डमरुको डन्डिबियो)
गीतकारः जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीतः जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जरः जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायकः जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिकाः समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)
कथाः छक्का पञ्जा ३
पटकथाः छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवादः सुशिल पौडेल (प्रसाद)
ट्रेलरः साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्सः रोमियो एन्ड मुना
रङ संयोजनः अर्जुन कार्की (हरी)
आदिवासी जनजातिः प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला): सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष): अनुप बराल (डमरुको डन्डिबियो)
अभिनेता–नेगेटिभ रोलः प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडीः केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशकः चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशकः कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री (महिला): सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष): धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशकः संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादकः मित्र गुरुङ (कथा काठमाडौं)
छायांकारः चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्रीः साम्राज्ञी शाह
पपुलर अभिनेताः अनमोल केसी
पपुलर फिल्मः छक्का पञ्जा ३
जुरी अवार्ड फिल्मः हरि
अभिनेताः बिपिन कार्की (प्रसाद)
अभिनेत्रीः मेनुका प्रधान (साइँली)
निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्मः छक्का पञ्जा ३

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ०० बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला