नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरू « Khabarhub

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरू


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७७ शुरू भएको छ ।

खेलकुद सप्ताह अन्तर्गत १५ वटा विभिन्न खेलहरु शुरू गरिएका छन् । फुटवल, भलिवल, व्याटमिन्टन, एथलेटिक्स, टेवुल टेनिस, म्याराथुन, कपर्दी, डोरी तान्ने खेल, हाइ जम्प, लङ जम्पलगायतका १५ वटा खेलकुदहरु शुरू भएका हुन् ।

कलेजका प्राचार्य डा हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरुको सहभागिता रहने जनाए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह शुरू भएको कलेजले जनाएको छ ।

विगत वर्षहरुमा १४ वटा वटा प्रतियोगिताहरु हुने गरेकोमा यसवर्ष थप एक वटासहित १५ वटा प्रतियोगिताहरु भएको कलेजको खेलकुद सप्ताह २०७७ का सदस्य सचिव शंकल्प पोखरेलले बताए ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कलेजका प्राचार्य डा श्रेष्ठले आइतबार विहान फुटवल हानेर सप्ताहको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ४३ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा