नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरू | Khabarhub Khabarhub

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरू


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७७ शुरू भएको छ ।

खेलकुद सप्ताह अन्तर्गत १५ वटा विभिन्न खेलहरु शुरू गरिएका छन् । फुटवल, भलिवल, व्याटमिन्टन, एथलेटिक्स, टेवुल टेनिस, म्याराथुन, कपर्दी, डोरी तान्ने खेल, हाइ जम्प, लङ जम्पलगायतका १५ वटा खेलकुदहरु शुरू भएका हुन् ।

कलेजका प्राचार्य डा हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरुको सहभागिता रहने जनाए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह शुरू भएको कलेजले जनाएको छ ।

विगत वर्षहरुमा १४ वटा वटा प्रतियोगिताहरु हुने गरेकोमा यसवर्ष थप एक वटासहित १५ वटा प्रतियोगिताहरु भएको कलेजको खेलकुद सप्ताह २०७७ का सदस्य सचिव शंकल्प पोखरेलले बताए ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कलेजका प्राचार्य डा श्रेष्ठले आइतबार विहान फुटवल हानेर सप्ताहको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ४३ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१